कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।
सभामुख सापकोटाले संसद् भवन नयाँबानेश्वरमा बिहान साढे ११ बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।
कार्य व्यवस्था परामर्श समितिकव बैठकले संसदमा पेश गर्नुपर्ने कार्यसूची फेरबदल गर्न सक्ने संभावना पनि छ ।
यसअघि प्रधानमन्त्री शेरवहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था समितिको बैठक डाक्न र एमसिसीको प्रस्ताव आजैको बैठकमा राख्ने कार्यसूची थप गर्न आग्रह गर्नुभएको थियो ।।
प्रतिक्रिया राख्नुहोस्