कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले आजै प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।

सभामुख सापकोटाले संसद् भवन नयाँबानेश्वरमा बिहान साढे ११ बजे समितिको बैठक आह्वान गर्नुभएको संसद् सचिवालयले जनाएको छ ।

कार्य व्यवस्था परामर्श समितिकव बैठकले संसदमा पेश गर्नुपर्ने कार्यसूची फेरबदल गर्न सक्ने संभावना पनि छ ।

यसअघि प्रधानमन्त्री शेरवहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई कार्यव्यवस्था समितिको बैठक डाक्न र एमसिसीको प्रस्ताव आजैको बैठकमा राख्ने कार्यसूची थप गर्न आग्रह गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.