सत्तारुढ माओवादी केन्द्र एमसीसीको विपक्षमा
बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्र अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विपक्षमा उभिएको छ ।
माओवादी केन्द्र संसदीय दलको बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । ‘सहमति नजुटे त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो, ‘संशोधन वा परिमार्जन नगरी अगाडि बढाउन सकिँदैन । संसद् सुचारु नगरी कुनै पनि एजेण्डा अगाडि बढ्दैन ।’
सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको नेपाली कांग्रेसले एमसीसी संसदबाट पारित हुनुपर्नेमा जोड दिदै आएको छ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बस्न लागेको संसद्को बैठकमा एमसीसी टेबल हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएको छ ।
संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार जानुभएको थियो । माओवादी केन्द्र संसदीय दलको बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगाडि बढाउन नसकिने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्