कार्यव्यवस्था समितिको बैठक बानेश्वरमा, एमाले अनुपस्थित
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक सुरु भएको सभामुख सापकोटाको प्रेस सयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।
बैठकमा नेपाली कांग्रेसका सचेतक पुष्पा भुषाल, नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङ, नेकपा एकीकृत समाजवादीका सांसदहरु उपस्थित हुनुहुन्छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पनि उपस्थिति नरहेको जनाइएको छ ।
बुधबार नै प्रतिनिधिसभा संसद बैठक अघि सभामुखको नेतृत्वमा कार्यव्यवस्था परामर्श बैठक बसेको हो । संसदको सम्भावित कार्यसूचीमा भने अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय समावेश भएको छैन ।
प्रतिक्रिया राख्नुहोस्