एमसिसी राष्ट्रको हितमा छ, संसदबाटै टुङ्गो लगाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी राष्ट्रको हितमा भएकाले यसलाई संसदले नै टुङ्गो लगाउने बताउनुभएको छ ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको आज प्रधानमन्त्री निवास बालुवाटारमा बिमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसिसीका बारेमा पास फेल जे भएपनि जनताका प्रतिनिधिहरूको थलो सदनले नै टुङ्गो लगाउने बताउनुभएको हो ।

अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीका बारेमा पर्याप्त अध्ययन नै नगरी विरोध भैरहेको बताउँदै प्रधानमन्त्री देउवाले मुलुकको हित बिपरित नेपाली कांग्रेसले कुनै काम नगर्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय हितका बिषयमा कांग्रसले आफ्नो निर्णय गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेता अर्जुन नरसिंह केसीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित पार्ने क्षमता कांग्रेससँग मात्र रहेको बताउनुभयो ।

पुस्तकमा सिद्धान्त तथा नीतिको परिचय सहितको कांग्रेसको इतिहासका बारेमा व्याख्या गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.