सत्तारुढ गठबन्धनमा एमसिसी संसदमा टेबुल गर्ने सहमति
काठमाडौं– सत्तारुढ गठबनधनमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेस गर्ने सहमति भएको बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर काकीले जानकारी दिनुभयो । ‘सार्वभौम संसदमा एमसीसी परियोजना टेबुल हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसपछि सडकमा होइन संसदमा गहनरुपमा छलफल गरेर निष्कर्षमा पुग्ने कुरा जानकारी गराउँछु ।’
मन्त्री कार्कीले एमसीसी परियोजना केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले दर्ता गराएकाले प्रमुख विपक्षी एमालेले पनि समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ ।
प्रतिक्रिया राख्नुहोस्