एमसीसी संसदको कार्यसूचीमा
काठमाडौं– लामो छलफल र बहसपछि नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता संसदको कार्यसूचीमा परेको छ ।
प्रतिनिधि सभाको आजको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गर्ने उल्लेख छ ।
राजनीतिक दलहरुबीच सहमति नहुँदा एमसीसी प्रतिनिधि सभामा दर्ता भए पनि प्रवेश पाएको थिएन ।
सत्ता गठबन्धनका दलहरुबीच एमसीसी टेबुल गर्ने सहमति भएपछि प्रतिनिधि सभााको कार्यसूचीमा परेको हो ।
आजको बैठकमा त्यसबाहेक “लोक सेवा आयोग विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल हुनेछ भने प्रधानमन्त्री शरेबहादुर देउवाले “राष्ट्रिय समावेशी आयोगको तेस्रो बार्षिक प्रतिवेदन आ.व. २०७७/०७८” पेस गर्ने कार्यसूची छ ।
प्रतिक्रिया राख्नुहोस्