गत आर्थिक वर्षको भन्दा ३३ अर्ब बढी राजश्व संकलन

पर्सा- नेपालकै मुख्य प्रवेशद्वार र प्रमुख व्यपारिक नाका वीरगन्जबाट नेपालका लागि हुने विभिन्न बस्तुको आयात निर्यातमा सुधार भएसँगै यसको सकारात्मक प्रभाव राजश्व संकलनमा देखिएको छ ।

कोरोना संक्रमण दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएपछि यसको सकरात्मक प्रभाव वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा देखिएको हो ।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने विभिन्न बस्तुको आयात तथा निर्यातमा सुधार भएपछि गत आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा संकलित राजश्वको तुलनामा चालु आवको सोही अवधिमा ३८ प्रतिशत बढी राजश्व संकलन भएको छ ।

गत आर्थिक वर्षको ७ महिनामा ८८ अर्ब ५० करोड ४८ लाख रुपैया राजश्व संकलन भएको तुलनामा चालु आवको सोही अवधिमा १ खर्ब २१ अर्ब ७२ करोड ८४ लाख रुपैया राजश्व संकलन गर्न वीरगन्ज भन्सार सफल भएको छ । योग गत आवको संकलित राजश्वक भन्दा ३३ अर्ब २२ करोड ३६ लाख बढी हो ।

चालु आवको साउनदेखि माघ महिनासम्मका लागि भन्सार विभागले १ खर्ब १६ अर्ब ७१ करोड १५ लाख रुपैया राजश्व संकलनको लक्ष दिएको तुलनामा कार्यालयले लक्ष्य भन्दा ४.३ प्रतिशत बढी अर्थात ५ अर्ब १ करोड ७८ लाख रुपैया बढी संकलन गर्न सफल भएको वीरगन्ज भन्सार कार्यालयका सुचना अथिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले वीरगन्ज भन्सारलाई सबै भन्दाबढी राजश्व दिने सवारी साधन, इन्धन तथा औद्योगिक कच्च पर्दाथको आयात बढपछि यसको सकारात्मक प्रभाव राजशव संकलनमा देखिएको बताउनुभयो।

वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारी साधनको आयातबाट संकलित राजश्वमा २३.२१ प्रतिशत र इन्धनको आयातमा ३७.९१ प्रतिशत बढी राजश्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.