नेकपा (एकिकृत समाजवादी)को सचिवालय बैठक आज
काठमाडौं- सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठक बस्दैछ । अहिले दिउँसो १ बजे सचिवालयको बैठक बस्न लागेको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।
आइतबारको संसद बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना टेबल भएपश्चात् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाउनुभएको थियो ।
हिजो पनि एकीकृत समाजवादीका भातृ संगठनलगायत एमसीसी विरोधी दलहरुको प्रदर्शनका कारण बानेश्वरस्थित संसद भवन परिसर तनावग्रस्त बनेको थियो ।
तर, प्रतिनिधिसभा संसदको बैठकपछि पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी संसदमा टेबल भए पनि पास गर्न समर्थन जनाउन नसकिने संक्षिप्त प्रतिक्रिया दिनुभएको थियो ।
एमसिसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्