देशभर ३ सय ८८ जनामा कोरोना संक्रमण, संक्रमित ४ जनाको मृत्यु

काठमाडौँ- आज देशभर ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ४० नमूना परीक्षण गर्दा ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १ हजार २ सय ५ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर ११ हजार २ सय ८२ सक्रिय संक्रमित रहेका छन् ।

आज ८ लाख ८३ हजार ४ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.