टिप्पर दुर्घटना हुँदा दुई विद्यार्थी सहित तीन जनाको मृत्यु

बैतडीको पाटन नगरपालिका– ३ गरुडामा बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुदा दुई विद्यार्थी सहित तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा पाटन नगरपालिका– ३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय विद्यार्थी ज्ञानु विष्ट र १७ वर्षीय ललीत विष्ट अवस्थी रहेको इलाका प्रहरी कार्यालय, पाटनका इन्सपेक्टर राजेश शाहले बताउनुभयो ।

घाइते ६ जनालाई डेल्धुरा अस्पताल पठाइएको छ । निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। टिप्परमा सिगास माविका विद्यार्थीहरु रहेको बताइएको छ ।

दुई विद्यार्थी र एक युवकको शव फेला परेको र थप विवरण आउन बाँकी छ । टिप्परमा करिब १०–१२ जना विद्यार्थी चढेर घर फर्किदै गरेको स्थानीयले बताएको भएपनि अहिले सम्म घाइते र मृतक गरि ९ जनामात्रै खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.