मिडियाकर्मी पाण्डेको रिहाइका लागि युनिमी-नेपालको आग्रह

काठमाडौँ-  संयुक्त अरब इमिरेट्स(युएई)मा रहेर पत्रकारितामार्फत नेपाल र नेपालीको पक्षमा आवाज उठाउँदै आउनुभएका युवा पत्रकार उमाकान्त पाण्डेलाई युएईस्थित प्रहरीले पक्राउ गरी हाल हिरासतमा राखेकोप्रति मिडियाकर्मीहरुको अन्तराष्ट्रिय संगठन युनिमी-नेपालले परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएको छ।

आज परराष्ट्र मन्त्रालयलमा UNI MEI-Nepal का अध्यक्ष गोविन्द धिताल र महासचिव जीवन भण्डारीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई पत्र  बुझाउँदै नेपाल सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

ध्यानाकर्षण पत्रमा नेपाली कामदार र उनीहरुको पेशा व्यवसायका बारेमा नियमित समाचार संप्रेषण गर्ने क्रममा केही दिनदेखि कामदारमाथि गरिएको अन्याय र अनियमितताका विरुद्धमा लेखेको आधारमा पत्रकार पाण्डेलाई पक्राउ गरिएकोप्रति बिरोध जनाइएको छ ।

साथै पत्रकार पाण्डेको पक्राउका सम्बन्धमा युएईस्थित नेपाली दूतावासमा पटकपटक जानकारी गराई रिहा गर्न पहल गरिदिन परिवारका सदस्यहरुले आग्रह गर्दासमेत दूतावासले वेवास्ता गरेको पत्रमा उल्लेख छ ।

नेपाली व्यवसायी र कामदारको संरक्षण गर्नुपर्ने दूतावासले नै त्यहाँ कार्यरत संचारकर्मी नियोजित रुपमा पक्राउ पर्दासमेत वेवास्ता गर्नु अर्को आपत्तिजनक बिषय बनेको भन्दै युनिमी नेपालले यसको भर्त्सना पनि गरेको छ ।

युनिमी-नेपालका अध्यक्ष धितालले पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न मन्त्रालयमार्फत पहलगरिदिन परराष्ट्रमन्त्री डाक्टर खड्कालाई आग्रह गर्नुभएको थियो ।

ध्यानाकर्षण पत्र बुझ्नुहुँदै मन्त्री डाक्टर खड्काले यसका विषयमा युएईस्थित दूतावासमार्फत समन्वय गरेर आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको युनिमी-नेपालका महासचिव भण्डारीले जानकारी दिनुभयो ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.