प्रेम गंगा

वर्तमान हामी
बगे पनि, जमे पनि
बाफिए पनि, वर्षिए पनि
हाम्रो अस्तित्व एउटै हो
तिमी पनि पानी, म पनि पानी

बाफ बनेर उड्दै गर्दा आकाशमा
कहिलेकाहिँ सुटुक्क भेटौंला
झरौला सँग–सँगै
सिँचित गरेर मायाका बस्तीहरुलाई
चुमेर सुख्खा बगरहरुलाई
अनि बगौंला आफ्नो–आफ्नै दिशा तर्फ

ठीकै छ, तिमी मेची बनेर बग्छु
म महाकाली बनेर बगौंला
घुम्दै–फिर्दै भविष्यमा
जसरी सुरु भएथ्यो, मायाको भूल
त्यसैगरी दुवै मिलेर
बनाउँला एउटा प्रेम गंगा
तिमी पनि पानी, म पनि पानी

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.