एमसीसीबारे समान धारणा बनाउन राजनीतिक नेतृत्वहरुबीच भेटवार्ता र छलफल तीब्र

काठमाडौं- अमेरिकी सहयोग परियोजना सम्झौता एमसीसी प्रस्ताव संसदमा पेश भएपछि राजनीतिक दलहरुले आ-आफ्नो रणनीति बनाउन आन्तरिक र अन्तरपार्टी बैठक र भेटवार्ता बढाएका छन् ।

सत्तागठबन्धन दलहरुकै सहमतिमा सम्झौता प्रस्ताव संसदमा टेबुल भएपनि त्यसलाई पारित गर्ने विषयमा अझै साझा निष्कर्षमा सत्तासाझेदार दलहरु नै पुग्न सकेका छैनन् ।

संसदमा टेबुल भएको प्रस्ताव आगामी १२ गते विहिवारदेखि छलफल हुने कार्यक्रम रहेकाले पनि दलहरुलाई प्रस्तावको विषयमा आ-आफ्नो दृष्टिकोण बनाउनु पर्ने बाध्यता छ ।

सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस एमसिसी पारित गर्ने पक्षमा छ भने प्रमुख सत्तासाझेदार माओवादी केन्द्र र नेकपा एकृकृत समाजवादी जस्ताको तस्तै पारित गर्न नहुने अडानमा छन् । यता प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सत्तासाझेदार दलको साझा निर्णयको पर्खाईमा रहेको छ ।

यसैवीच नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसीसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहनुभएको छ ।

एमसीसीबारे संसद्मा प्रतिनिधित्वमा रहेका राजनीतिक दलका सबै नेतासँग आफूले कुराकानी अघि बढाएको उहाँले बताउनुभयो ।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पत्रकार सम्मलेन गरी एमसीसी राष्ट्र हितमा भएकाले यसलाई सदनबाट पारित गरेरै छाड्ने बताउनुभयो ।

उहाँले गठबन्धनमा आवद्ध दलहरूमा एमसीसीबारे फरक मत रहेपनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको बताउनुभयो । उहाँले एमसीसीका बारेमा नियोजित रुपमा प्रचारबाजी गरिएको धारणा राख्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.