रुसद्वारा युक्रेनका २ वटा भू-भागलाई स्वतन्त्र राष्ट्रको मान्यता, विश्वभरबाट तिब्र बिरोध

रुसले युक्रेनका पूर्वी दुई वटा भू-भागलाई स्वतन्त्र देशको मान्यता दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राष्ट्र घोषणा  गर्दै उनीहरुसँग कुटनीतिक सम्बन्ध राख्ने घोषणा गर्नुभएको हो ।

यो घोषणासँगै ती भूभागमा रुसले शान्ति सेनाको रुपमा लाखौँ रुसी सेना पठाएको छ ।

तर युक्रेनले भने सो घोषणालाई सिधै खारेज गर्दै ती भूभाग युक्रेनको भएको पुन: पुष्टि गरेको छ । युक्रेनी राष्टपति भोलोडिमिर जेलेन्स्कीले ती दुबै क्षेत्र युक्रेनको भूभाग भएको  र रुसको घोषणा अमान्य भएको बताउनुभएको हो ।

युक्रेनका यी दुबै क्षेत्रमा रुस समर्थित विद्रोही हरुको बाहुल्यता छ । यीनै विद्रोहीहरुलाई साथ लिएर रुसले युक्रेनको भूमिमाथि धावा बोलेको पश्चिमा देशहरुले आरोप लगाउँदै आएका छन ।

यसैबीच, रुसको यो घोषणाको  संयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका र युरोपेली युनियनका सदस्य राष्ट्रहरुले कडा शव्दमा विरोध जनाएका छन ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठकमा अमेरिकाका प्रतिनिधिले राष्ट्रपति पुटिनको यो घोषणालाई ‘ननसेन्स’ भनी टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रिनफिल्डले भन्नुभयो- “पुटिनको यो घोषणासँगै रुसी सेना पठाउने निर्णयले रुस थप द्वन्द र आक्रमण गर्न चाहान्छ भन्ने कुरा पुष्टि भएको छ । उहाँले भन्नुभयो अब के हुन्छ भन्ने कुरामा हामीलाई पूरा थाहा छ र यसको लागि अमेरिकाले तयारी गरिरहेको छ”।”

रुस र युक्रेनबीच लामो समयदेखि सिमा क्षेत्रमा तनाव कायमै रहेको बेला रुसी राष्ट्रपतिको यो घोषणाले स्थिति झन तनावपूर्ण बनाइदिएको विश्लेषकहरुले बताएका छन ।

रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्ष अघिदेखि को हो । त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेपछि स्थिति असामान्य बन्दै आएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.