संसदको सम्भावित कार्यसूची सार्वजनिक, एमसीसीमाथि छलफल हुने

बैठकअघि सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्‍वान

काठमाडौ– प्रतिनिधि सभाको बिहीबारको बैठकमा नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

फागुन ८ गते अर्थमन्त्री अनुपस्थित भएपछि सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबुल गर्नुभएको थियो ।

यसैबीच बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

राजनीतिक दलहरुबीच सहमति नहुँदा एमसीसी प्रतिनिधि सभामा दर्ता भए पनि प्रवेश पाएको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.