कालीगण्डकीमाथि बनेको पुल जोखिममा, जुनसुकै बेला दुर्घटना हुनसक्ने

पाल्पा, तनहुँ र नवलपुर जिल्लाको संगमस्थल नवलपुर गौदीकाली गाउँपालिका वडा नं. २ डेडगाउँ र तनहुँको घिरिङ्ग गाउँपालिका वडा नं. ४ को बिचमा पर्ने कालीगण्डकी माथी बनेको पक्कीपुल जोखिममा परेको छ ।

यसअघिको बर्षाका कारण नदीमा आएको बाढीले पिलरभन्दा माथीसम्म जमिन कटान गरेर बगाएपछि पुल चर्किएर जोखिममा परेको हो ।

पुलको उत्तर र दक्षिण तर्फको मुख्य पिलर माथीको स्पान चर्किएको र पिलर भन्दा तल माथीको जमिन बाढीले कटान गरेको हुँदा घनजनको क्षतिबाट बँच्नका लागी तत्काल मर्मतसम्भार गर्नुपर्ने स्थानियले मागगरेका छन् ।

तनहुँको भिमाददेखी डेडगाउँ झ्यालबास हुँदै नवलपुर दुम्कीबाससम्म पुग्ने ठुला यातायातका साधानहरु आवत जावतका लागी बैकल्पिक सडक नहुँदा सोही पुल हुँदै वारपार गर्नुपर्ने भएकाले जुनसुकै बेला ठुलो दुर्घटनाको जोखिम बढेको छ ।

गाउँपालिकाबाट नवलपुरको जिल्ला सदरमुकाम तथा तनहुँको भिमाद र पाल्पाको सिमानासम्म पुग्न दिनभरी पैदल यात्रा गर्नुपर्ने बाध्यताबाट बल्लतल्ल मुक्त भएका स्थानियहरु बाढीका कारण पुलमा क्षति भएपछि फेरी चिन्तित बनेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.