रुसद्धारा युक्रेनको डनबास क्षेत्रमा सैन्य आक्रमणको घोषणा, युद्ध रोक्न राष्ट्रसंघको आग्रह

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डनबास क्षेत्रमा सैन्य कारवाहीको घोषणा गर्नुभएको छ । राष्ट्रपति पुटिनले युक्रेनी सेनालाई पूर्वी युक्रेनको युद्धग्रस्त क्षेत्रबाट हतियार विसाएर घर फर्कन चेतावनी पनि दिनु भएको छ ।

यसैवीच युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेनेस्कीले अहिले गरिएको आक्रमण युरोपेली महाद्धीपकै लागि ठूलो युद्धको शुरुवात भएको प्रतिक्रिया दिनुभएको छ ।

युद्धको त्रास बढेसँगै यसअघि नै युक्रेनले ३० दिने संकटकालको घोषणाको छ । मध्यरातमा राष्ट्रका नाममा संवोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले रुसी आक्रमणको डटेर सामना गर्ने बताउनु भएको छ ।

यसैवीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले सैनिक आक्रमण रोक्न रुससंग आग्रह गर्नु भएको छ । सुरक्षा परिषद्को आकस्मिक बैठक डाकी महासचिवले सो आग्रह गर्नु भएको विविसीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.