प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच संसद भवनमा भेट

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच संसद भवन नयाँ बानेश्वरमा भेट भएको छ ।

प्रतिनिधि सभा बैठकमा भाग लिन पुग्नुभएका दुई शीर्ष नेताबीच भेट भएको हो । तर, अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची रहे पनि प्रतिनिधि सभा बैठक भने स्थगित भएको छ ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सम्झौतालगायतका विषयमा छलफल भएको छ ।

भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका महामन्त्री गगन थापा हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.