प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी सारिएको छ ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक आइतबारसम्म स्थगित गर्नुभएको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर शुक्रबारका लागि सारिएको थिथो ।

अमेरिकी सहयोग परियोजना एमसीसीमा सत्ता गठबन्धनमा नै सहमति नहुँदा त्यसमाथिको छलफल प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.