प्रधानमन्त्रीद्वारा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालसँग अलग–अलग भेट

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग अलग–अलग भेट गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष दाहाल दिउँसो सरकारी निवास बालुवाटार जानुभएको थियो ।

माओवादी केन्द्रले एमसीसी पारित गर्ने रणनीतिसहित गठबन्धन जोगाउने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराउन दाहाल बालुवाटार जानुभएको थियो ।

प्रधानमन्त्री देउवाले शुक्रबार नै साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।

प्रधानमन्त्री देउवा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताहरु लिएर बालकोट जानुभएको थियो ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट पारित गर्न सत्ता गठबन्धनका दलहरुले अनिच्छा देखाएपछि प्रधानमन्त्रीले सहमति प्रयास तीब्र पार्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.