एमसीसीलाई अस्वीकार गर्दा नेपालमा आर्थिक संकट आउनसक्ने पूर्वअर्थमन्त्री पाण्डेको भनाइ

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अमेरिकी सहयोग परियोजना एमसीसीलाई अस्वीकार गर्दा नेपालमा आर्थिक संकट आउनसक्ने बताउनुभएको छ ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको ‘नेपाली अर्थतन्त्रका नयाँ चुनौती र समाधानका उपायहरूको खोजी’ विषयक अन्तरक्रियामा पाण्डेले अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रहरुले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने जिकिर गर्नुभयो ।

अफगानिस्तान, इराक लगायतका देशमा अमेरिका प्रवेश गर्दाको प्रसंग कोट्याउँदै नेपालले पनि अमेरिकी सहयोग अस्वीकार गर्दा उसले असहयोग गर्ने संकेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.