दिल्लीमा कोरोना प्रतिबन्ध हटाइयो

काठमाडौं– भारतको राजधानी समेत रहेको दिल्लीमा हिजोदेखि कोरोनासँग सम्बन्धित प्राय सबैजसो प्रतिबन्ध हटाइएको छ ।

भारतको दिल्ली सरकारले हिजो एक कार्यक्रमको आयोजना गरेर कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरूको अन्त्य गर्ने घोषणा गरेको हो । कोभिड–१९ संक्रमण दरमा कमी आएपछि दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण डीडीएमएले सो निर्णय गरेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल मार्फत् कोभिड नियन्त्रणका लागि सामाजिक दूरी कायम लगायतका प्रायः सबै प्रतिबन्धलाई हटाइएको बताउनुभएको छ । मुख्यमन्त्री केजरीवालले प्रतिबन्धले नागरिकहरूले रोजगारी गुमाउनु परेको र यसका कारण कठिन दैनिकीको सामना गर्नुपरेको बताउनु भयो ।

अप्रिल १ देखि दिल्लीमा सबै विद्यालयहरूले विद्यालयमा भौतिक रूपमा उपस्थित भएर अध्ययन गर्नसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.