युक्रेनलाई बेलायती राजपरिवारको पनि समर्थन

लण्डन- युक्रेन र रुसबीचको भिडन्तमा बेलायती राजपरिवारले पनि युक्रेनलाई समर्थन गरेको छ ।

बेलायती राजकुमार विलियम र उहाँकी पत्नी केटले शनिबार युक्रेनलाई समर्थनको सन्देश पठाउनु भएको हो ।

“बेलायती बरिष्ठ सदस्यहरू र आफूहरूको तर्फबाट युक्रेनका जनताप्रति समर्थन छ,” उहाँहरूले पठाएको सन्देशमा उल्लेख गरिएको छ ।

राजकुमार दम्पतीले सन् २०२० को अक्टोबरमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उहाँकी श्रीमतीलाई भेटेको स्मरण पनि गर्नु भएको छ ।

उहाँहरूले अहिलेको समस्या तत्काल समाधान भएर युक्रेनको भविष्य राम्रो हुने विश्वास पनि व्यक्त गर्नु भएको छ ।

“हामी तपाईँहरूको साथमा छौँ, तपाईँहरूलाई हामी सहयोग र समर्थन गर्न चाहन्छौँ, युक्रेनी जनताको जित होस्,” उहाँहरूले सन्देशमा उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.