प्रतिनिधिसभा बैठक एक घण्टा सर्‍यो

काठमाडौं- प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि सारिएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८” पेश गर्नु हुने र अर्थमन्त्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्”, भन्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.