देशलाई दुर्घटनाबाट बचाउन एमसीसी अनुमोदनः दाहाल
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई दुर्घटनाबाट बचाउन अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गरेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष दाहाहालले एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त थर्नुभयो ।
दाहालले अन्तर्राष्ट्रिय सम्झौतालाई ब्याख्यात्मक घोषणा गर्ने प्रचलन अन्तर्राष्ट्रिय रुपमा नै रहेको उल्लेख गर्नुभयो । उहाँले परराष्ट्रविद्, कानूनविद् लगायतको सुझावमा आफू एमसीसी अनुमोदन गर्ने निष्कर्षमा पुगेकोसमेत बताउनुभयो ।
पार्टीभित्र केही नेताले एमसीसी अनुमोदनमा असहमति जनाएकोबारे केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने अध्यक्ष दाहालको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्