प्रतिनिधिसभा बैठक आज, के छन् कार्यसूचीमा ?
काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्नुहुने कार्यक्रम छ ।
यस्तै व्यवस्थापन कार्यअन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’, भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन भएपछि आज पहिलोपटक संसद् बैठक बस्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्