माओवादी बैठक स्थगित, अध्यक्ष दाहालले एमसीसीबारे भोलि जवाफ दिने

बैठकमा स्थायी समिति, पोलिटब्यूरो सदस्य चयन र केन्द्रीय समितिमा थप गर्ने सदस्यका बारेमा छलफल गर्ने कार्यसूची

काठमाडौं– सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा बोलाइएको बैठक स्थगित भएको हो । बिहान ११ बजे बैठक बस्ने भनिए पनि २ बजेका लागि सारिएको थियो ।

आन्तरिक तयारीका लागि भन्दै बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग सम्झौता एमसिसीका सम्बन्धमा उठेका विभिन्न सवालमा जवाफ दिने कार्यक्रम छ ।

स्थायी समिति, पोलिटब्यूरो सदस्य चयन र केन्द्रीय समितिमा थप गर्ने सदस्यका बारेमा छलफल गर्ने कार्यसूची रहेको जनाइएको छ । बैठकपछि आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनको तयारीमा केन्द्रित हुने माओवादीको तयारी छ ।

गत पुसमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादीले अध्यक्षबाहेक अन्य पदाधिकारी चयन गरेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.