माओवादीमा ९७ केन्द्रीय सदस्य मनोनीत

काठमाडौं– नेकपा माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनयन प्रस्ताव गरिएको छ ।

काठमाडौंमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ९७ जना मनोनयनको प्रस्ताव गर्नुभएको छ ।

खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम प्रस्ताव गरिएको छ । पुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय समिति निर्वाचित हुनुभएको थियो ।

अध्यक्ष दाहालले निवर्तमान राष्ट्रिय सभा सांसद रामनारायण विडारी, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, वाईसीएल अध्यक्ष सुमन देवकोटा, विद्यार्थी नेताहरु रमेश मल्ल, सुरेन्द्र बस्नेतलगायतलाई मनोनयन प्रस्ताव गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.