प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल
काठमाडौं– प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ ।
आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग प्रस्ताव पेस गर्नुभएको छ ।
प्रस्तावमाथि सांसदहरुले धारणा राख्ने कार्यक्रम छ ।
गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्