विकास निर्माणका लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसरः गृहमन्त्री खाँण

पाल्पा- गृहमन्त्री बालकृष्ण खाँणले आउँदो स्थानीय निर्वाचन विकास निर्माणका लागि महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्नुहुँदै उहाँले राजनीतिक स्थायित्व र विकास निर्माणको लागि स्थानीय तहको निर्वाचन महत्वपूर्ण अवसर भएकोमा जोड दिनुभयो ।

उहाँले यहाँको खानेपानी समस्या समाधान, पर्यटन विकासलगायतका क्षेत्रमा सङ्घीय सरकारले आवश्यक बजेट उपलब्ध गराउने विश्वास दिलाउनुभयो ।

मुस्कानसहितको प्रहरी, सम्मानसहितको प्रहरी सरकारको अभियान रहेको बताउनुहँुदै मन्त्री खाँणले राष्ट्रसेवक सबै कर्मचारीले बफादार भएर आफ्नो जिम्मेवारी निभाउनुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालयको स्तरवृद्धि गरी क्षमता पनि विस्तार गरिने सो अवसरमा मन्त्री खाँणले बताउनुभयो ।

नगरप्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिकासहित कालीगण्डकी बेँसीका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, धार्मिक तथा पर्यटन क्षेत्रका विषयमा समेटिएको मागपत्र गृहमन्त्री खाँणलाई हस्तान्तरण गर्नुभयो ।

कूल रु पाँच करोड ८७ लाख ३७ हजार ४९५ को लागतमा सो चारतले भवन निर्माण भएको हो । यस नगरपालिकाबाट आफ्नै आन्तरिक स्रोतको रकम विनियोजन गरी प्रशासनिक भवन निर्माण गरिएको छ ।

भवन निर्माण सम्पन्न भएपछि हाल यसै भवनबाट सेवा प्रवाह भइरहेको छ । आयुर्वेद शाखा र पशु शाखाको आफ्नै भवन भएकाले सोबाहेक सबै शाखा यहीँ भवनबाट सञ्चालन भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.