दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख सङ्क्रमित

सोल- दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा तीन लाख ८१ हजार ४५४ नयाँ सङ्क्रमित भएका हुन् ।

थपिएका सङ्क्रमितसँगै दक्षिण कोरियामा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ९० लाख ३८ हजार ९३८ पुगेको छ । पछिल्ला केही दिनदेखि दक्षिण कोरियामा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे तीन लाखभन्दा बढी भएका छन् ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण फैलिन थालेपछि दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा एकाएक वृद्धि भएको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.