बेँसीशहर–चामे सडकखण्ड थप १० दिन बन्द

मनाङ- लमजुङ र मनाङ जोड्ने डुम्रे-बेँसीशहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ । सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माण कार्य सम्पन्न भैसकेको छ ।

कल्भर्टका ढलान पुर्णरुपमा सेट भइ नसकेका कारण आइतबार चैत ६ गतेदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । पैदल यात्रु बाहेक सवारी साधनका लागि सडक बन्द गरिएको हो ।

मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे – बेसिशहर-चामे खण्डको तिमाङ छहरामा दुई वटा ठाउँमा कल्भर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिको लागि सडक बन्द गरिएको बेसिसहर- चामे सडक योजना कार्यालयले जनाएको छ ।
सडक यहि चैत १५ गतेसम्म बन्द रहने छ ।

सडक निर्माण लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो ।

जिल्लाको नासोँ गाउँपालिका वडा नं ९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कल्भर्ट निर्माण गरिएको छ ।

यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकोमा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठेपुल बगाएको थियो ।

त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याभ कल्भर्ट निर्माण गरिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.