लेटाङ घटनाका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मोरङ– प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषिमाथि कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सोमबार सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताउनुभएको छ ।
लेटाङको खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्