महिलाहरु शताब्दीसम्म लड्दा पनि किन हिंसा घटेन ? (भिडियो रिपोर्ट)

काठमाडौं– धार्मिक तथा परम्परागतरुपमा महिलामाथि गरिने हिंसा र विभेद अन्त्यका लागि योगमायाले १९७४ सालमा महिला हिंसा मुक्त समाजको आवाज उठाएर आन्दोलन सुरु गरेको एक शताब्दी पूरा भयो । तर नेपालमा महिला हिंसा सम्बन्धीका घटनाहरु कम भएका छैनन् ।

नेपाल प्रहरीका अनुसार गत वर्ष ११ हजार ७ सय ३८ वटा मुद्दा दर्ता भएकोमा यस वर्ष १९ हजार १३ वटा लैङ्गिक हिंसाका घटना सम्बन्धी मुद्दा दर्ता भएका छन् । त्यसमध्ये सबैभन्दा बढी घरेलु हिंसा सम्बन्धीका मुद्दा १४ हजार दुइ सय ३२ वटा छन् । जबरजस्ती करणी, बालबिबाह, बहुबिबाह, बोक्सीको आरोप, मानव बेचबिखन तथा जातीय छुवाछुत सम्बन्धी मुद्दाको संख्या समेत बढेका छन् ।

नेपाल प्रहरी अनुसार महिला हिंसा सम्बन्धीका करिब ८३ प्रतिशत घटनामा आफन्तहरुकै संलग्नता हुने गरेको छ । नेपालमा मात्र नभइ विश्वव्यापीरुपमा महिला हिंसा हुनुको कारणभने निश्चित नभएको अधिकारबादीहरु बताउँछन् ।

महिलाकोसुरक्षा, न्याय, स्वपहिचान, सम्मान तथा प्रतिष्ठापूर्ण जीवन सुनिश्चिताकोलागि काम गरिरहेको राष्ट्रिय महिला आयोगले महिलाको आधारभूत अधिकारको समेत सुरक्षा हुन नसकेको बताएको छ । आयोगले दण्डहिनता अन्त्य गर्न जिम्मेवार निकाय सक्रिय भए महिला हिंसा सम्बन्धीका घटना कम हुने जनाएको छ ।

संयुक्त राष्ट्र जनसंख्या कोषका अनुसार नेपालमा ४८ प्रतिशत महिलाले आफ्नो जिबनकालमा कुनै न कुनै समय हिंसा भोगेको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.