२४ घण्टामा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं- पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५३७६ जनामा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

२४ घण्टामा २६९ जना सङ्क्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएन ।

उपत्यकामा काठमाडौंमा मात्रै १३ जना संक्रमित भए । ललितपुर र भक्तपुरमा कोही पनि संक्रमित भएनन् ।

नेपालमा परीक्षण गरेकामध्ये संक्रमण दर ०.९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.