नेपालमा खोप उपलब्ध गराउने चीन पहिलो

चीन सरकारले एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप उपलब्ध गराएको छ

काठमाडौं– कोरोना रोकथाम तथा नियन्त्रणकालागि नेपाललाई स्वास्थ्य सामग्रीसहित सबैभन्दा बढी खोप चीन सरकारले उपलब्ध गराएको छ ।

अनुदान, खरिद र सहयोग गरेर नेपाललाई विभिन्न समयमा कोभिड–१९ विरुद्धको भेरोसेल खोप पटक–पटक गरी एक करोड ९७ लाख ३६ हजार मात्रा उपलब्ध गराएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

नेपालमा हालसम्म कूल चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको छ । तीमध्ये चीन सरकारले एक करोड ९७ लाख ३६ हजार ४०० मात्रा खोप उपलब्ध गराएको हो । यस्तै चीन सरकारले ३४ लाख सिरिञ्ज पनि उपलब्ध गराएको छ ।

नेपालमा अहिलेसम्म लक्षित जनसङ्ख्याको ९३.१ प्रतिशतले पहिलो मात्रा र ८१.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.