१८ संक्रमित थपिए, २७१ डिस्चार्ज

काठमाडौं– नेपालमा गत २४ घण्टामा १८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभर कूल ४३४२ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा सबैभन्दा बढी कैलालीमा ६ जना संक्रमित भएका छन् । मधेस प्रदेशको धनुषामा एक, काठमाडौंमा ४ र दाङमा एक जना संक्रमित भएका छन् ।

२४ घण्टामा २७१ जना डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा कसैको पनि कोरोनाबाट निधन भएन ।

नेपालमा सक्रिय संक्रमितको संख्या १९६० रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.