केवुलकारमा चढेर यात्रा गरिरहेकाहरु अचानक कारमै रोकिन पुग्दा….

काठमाडौं- काठमाडौंको चन्द्रागिरीमा सञ्चालित चन्द्रागिरी केवुलकारमा चढेर यात्रा गरिरहेका कारहरु अचानक कारमै रोकिन पुग्दा निकै समय यात्रु पनि झुण्डिएका कारमै रोकिन पुगे ।

बिजुली बन्द भै कारहरु तारमै रोकिन पुगेको चन्द्रागिरि केबल कारले जनाएको छ । गडबडी उत्पन्न भै आधा घण्टा कारहरु रोकिएको कम्पनीले बताएपनि स्थानीयले करीब ३ घण्टा सेवा रोकिएको भनेका छन् ।

थानकोट प्रहरीका अनुसार केबल कारमा रोकिएकाहरुको उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमामाण्ड २ जना चिकित्सक र नर्सहरुसहितको टोली घटनास्थल पुगेको थियो ।

३७ जनालाई रोकिन पुगेका केबलकारहरुबाट फर्काइएको थियो । थानकोट प्रहरीका डीएसपी डिल्लीनारायण पाण्डेले ती ३७ जना चढेका कारहरु जेनेरेटरको बिजुली चलाएर फर्काउँदा एउटा कार फर्किने गति ज्यादै सुस्त भएकोले ३० मिनेट लागेको जानकारीद दिनुभयो ।

केवुलकारमा सवार ४० जना भन्दा बढी पर्यटकहरु केवुलकार बन्द भए पछी करिव आढा घण्टा केवुलकार भित्रै बस्न परेक कम्पनी व्यविस्थापनले जनाएको छ ।

उनिहरुलाई इमर्जेन्सि उद्धार गरिए पनि जेनेरेटरमा समस्या देखिएपछि केही समय केवुलकार संचालनमा आउन नसकेको चन्द्रगिरी हिल्स प्रा. लि . का मेनेजर झलक पौडेलले जानकारी दिनुभयो ।

दिउँसो करिव ३ बजे प्राविधिक गडवडीका कारण केवुलकार संचालनमा समस्या भएको भए पनि हाल पुन संचालन भै सकेको बताउनुभयो ।

केवुल कार बन्द हुँदा चन्द्रागिरी डाँडामा करिव ४ सय जना रहेकोमा हाल उनीहरु साँझसम्म सबै फर्किसकेको पौडेलले जानकारी दिनुभयो ।

मर्मतसम्भार समयसमयमा गर्नुपर्नेमा त्यसलाई ख्याल नगर्दा यात्रु कारमै झुण्डिएर बस्नुपर्ने र निसास्सिने अवस्था आएको भन्दै पीडितहरुले केबलकारको निगरानीमा सरकारले ध्यान दिनुपर्ने खाँचो औंल्याएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.