पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बहुमत गुमाएको पीपीपी नेता भूट्टोको दावी

पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) अध्यक्ष बिलावल भुट्टो जर्दारीले राष्ट्रिय सभामा इमरान खानले ‘अहिले बहुमत गुमाएको’ दावी गर्नुभएको छ ।

प्रधानमन्त्री खानको सट्टामा विपक्षी दलका नेता शहबाज शरीफ अन्सारी चाँडै प्रधानमन्त्री बन्ने दावी पनि उहाँले गर्नुभएको छ ।

केही दिनमा पाकिस्तानी संसद सदस्यको आवश्यक सङ्ख्याले संसदमा पेश भएको अविश्वासको मतका लागि उहाँविरूद्ध लगेको प्रस्तावमाथि मतदान गर्ने र उहाँले प्रस्तावको विपक्षमा बहुमत मत नपाएमा पदबाट राजिनामा दिनुपर्ने दावी भूट्टोको रहेको छ ।

सरकारविरूद्ध अविश्वासको प्रस्ताव गर्ने तयारी गर्दैगर्दा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिलावल भुट्टोले भन्नुभयो, “मुत्तहिदा काउमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) लाई विपक्षीसँग हात जोड्ने र अविश्वासको मतमा इमरान खानविरूद्ध मतदान गर्ने साहसी निर्णय गरेकोमा आभार प्रकट गर्दछु । अविस्वासको प्रस्ताव संसदमा टेवल गरी बिहीबार नै मतदान हुनुपर्ने उहाँले बताउनुभयो ।

पीपीपी अध्यक्ष भूट्टोले थप्नुभयो, “इमरान खानले अहिले आफ्नो बहुमत गुमाइसकेका छन् । उनी अब प्रधानमन्त्री होइनन् । संसद अधिवेशन भोलि हुँदैछ । आउनुहोस्, भोलि मतदान गरौं र यो मामिला सुल्झाउनुहोस् । त्यसपछि हामी पारदर्शी चुनावमा काम गर्न थाल्न सक्छौं र प्रजातन्त्रको पुनः स्थापनातर्फको यात्रा र त्यसपछि आर्थिक सङ्कटको अन्त्य सुरु हुन सक्छ ।”

उहाँले भन्नुभयो, “पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ ‘छिट्टै’ देशको प्रधानमन्त्री बन्ने कुरा पनि बताउनुभयो । “पीपीपी र एमक्यूएम–पीको सहकार्यसम्बन्धको अविश्वास प्रस्तावसँग कुनै सम्बन्ध छैन । कराँची र पाकिस्तानको विकासका लागि दुवै पार्टी मिलेर काम गर्नुपर्छ ।”

पीपीपी अध्यक्ष भुट्टाले भन्नुभयो, “शेहबाज शरिफले पाकिस्तानका प्रधानमन्त्रीलाई पदबाट राजीनामा दिन आग्रह गरिसक्नुभएको छ । “उनको (इमरान खान) को विकल्प बाँकी छैन । उनी या त राजीनामा दिन सक्छन् वा अविश्वासद्वारा बर्खास्त हुन सक्छन् ।”

सत्तारुढ पीटीआईलाई सरकारको सहयोगी एमक्यूएम–पीले इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा विपक्षी दलको पक्षमा समर्थन गर्ने निर्णय गरेपछि पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई राष्ट्रिय सभामा जम्मा १६१ मतका साथ पेश गरिएपछि मार्च ३१ सम्म को कार्यवाही स्थगित गरिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री खानले अविश्वासको मतभन्दा अगाडि सत्तारुढ गठबन्धन छाडेर हिँडेका केही सहयोगीसँग बढ्दो दबाबको सामना गर्नु परिरहेको तर पनि उहाँले राजीनामा नदिने सूचना मन्त्री फवाड चौधरीले बताउनुभएको छ ।

फवाड चौधरीले उर्दूमा ट्वीट गर्दै भन्नुभएको छ, “प्रधानमन्त्री इमरान खान अन्तिम बलसम्म भिड्ने खेलाडी हुन् । उनले राजीनामा दिने छैनन् ।” पाकिस्तानी संसद स्रोतले अविस्वासको प्रस्तावमाथि सम्भवतः आगामी अप्रिल ३ मा मतदान हुनसक्ने बताएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.