मन्त्रिपरिषद् बैठक : प्रहरीमा डीआईजी बढुवा, गोरखापत्र र न्यूनतम पारिश्रमिकमा नियुक्ति
काठमाडौं– सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरु वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो । उहाँहरुलाई यस अघि गृह मन्त्रालयको बढुवा सिफारिस समितिले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गर्न सिफारिस गरेको भए पनि त्यसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेपछि नियुक्तिमा ढिलाइ भएको थियो ।
मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार संगीता खड्कालाई नियुक्त गरेको छ ।
कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुनुहुन्छ भने नेपाल पत्रकार महासंघकी पूर्वसचिव खड्का प्रेस सेन्टरमा आबद्ध हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्