पाकिस्तानमा प्रधानमन्त्री इमरान खानद्वारा संसद विघटनको सिफारिस

काठमाडौँ- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्ने सिफारिस गर्नुभएको छ ।

संसदमा आफू विरुद्दको अविश्वासको प्रस्ताव उपसभामुखले खारेज गरेलगत्तै प्रधानमन्त्री खानले संसद विघटन गर्ने सिफारिस राष्ट्रपति समक्ष गर्नुभएको बीबीसीले जनाएको छ।

संसद विघटनको शिफारिससँगै प्रधानमन्त्री खानले नयाँ जनादेश लिन निर्वाचन गर्ने घोषणा गर्नुभएको छ ।
उहाँले आज राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै उहाँले आफू विरुद्दका सबै गतिविधिहरु असफल भएको दावीसमेत गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.