२४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५८४७ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । १०६२ जनाको एन्टिजेन परीक्षण गर्दा कसैको पनि पोजिटिभ आएन ।
२४ घण्टामा ६६ जना सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
अहिले देशभर ८९९ जना सक्रिय सङ्क्रमित छन् ।






प्रतिक्रिया राख्नुहोस्