प्रधानमन्त्रीद्वारा आजदेखि टाइफाइड बिरुद्दको खोप अभियानको शुभारम्भ

काठमाडौँ- आजदेखि देशभर टाइफाइड बिरुद्दको खोप अभियान शुरु भएको छ । यो अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले आज काठमाडौंमा शुभारम्भ गर्नुभयो ।

काठमाडौँको दरबार हाइ स्कुलमा प्रधानमन्त्री देउवाले टाइफाइड खोप अभियानको शुभारम्भ गर्नुभएको हो।

यो खोप अभियान आउँदो वैशाख २५ गतेसम्म सञ्चालन हुनेछ ।

सरकारले १५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन शुरु गरेको हो।
यो अभियान सात वटै प्रदेशमा आजैबाट शुरु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.