आजबाट उठ्न थाल्यो काठमाडौँको फोहोर
काठमाडौँ- दश दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनः सुरु भएको छ ।
फोहर व्यवस्थापन गर्ने स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण केही दिनदेखि फोहर व्यवस्थापनमा समस्या आएको थियो ।
बाटो मर्मतको काम शुरु भएसँगै स्थानीयको अवरोध हटेको छ। यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर व्यवस्थापन हुन सकेको थिएन । जसका कारण राजधान उपत्यका दुर्गन्धित बनेको थियो ।
गर्मी र फोहोरका कारण स्वास्थ्य समस्या आउनसक्ने भन्दै स्वास्थ्य विज्ञहरुले सरकारको पटक पटक ध्यानाकर्षण गराएका थिए ।
यता जिल्ला प्रशासन कार्यलयले एक सुचना जारी गर्दै अत्यावश्यक सेवाहरुमा बन्द हडताल गर्न निषेध गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्