गठबन्धनले छलफललाई निरन्तरता दिने, आज पुनः बैठक बस्दै
काठमाडौं– सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटबारे सहमति जुट्न सकेको छैन ।
बालुवाटारमा हिजो बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका बिषयमा सहमति हुन नसकेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको छलफल लम्बिएको जानकारी दिनुभयो । यसबिषयमा आज पुनः छलफल हुने उहाँले बताउनुभयो ।
बालुवाटार स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले महत्वपूर्ण स्थानमा दावी गरेपछि समस्या उत्पन्न भएको हो । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । तर कुन तहमा कसलाई उठाउने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।-
प्रतिक्रिया राख्नुहोस्