चुनावी तालमेलबारे सत्ता गठबन्धन बैठकः सहमति जुटाउन आज पनि बैठक बस्दै

काठमाडौं- महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदको उम्मेद्वारका विषयमा छलफल गर्न बसेको सत्तागठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि सहमति हुन नसकेको हो । बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि कुनै ठोस सहमति हुन नसकेको नेताहरुले जनाएका छन् ।

बैठकपछि सञ्चार तथा सूचना प्रबिधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा आज पुनः बैठक बसेर सहमति जुटाउने बताउनुभयो ।

कार्कीले ६ वटा महानगर र ११ वटा उपमहानगरको प्रमुख र उपप्रमुखबारे सहमति नजिक पुगेको दावी गर्नुभयो । आज साढे ११ बजे गठबन्धनको बैठक बस्ने र सहमतिको खाका सार्वजनिक हुने उहाँले बताउनुभयो । सबै महानगर र उपमहानगरबारे वस्तुनिष्ठ छलफल भइरहेको भन्दै मन्त्री कार्कीले मंगलबार सुखद परिणाम आउने दावी गर्नुभयो ।

तालमेलका लागि गठबन्धनले यसअघि नै सात बुँदे मापदण्ड जारी गरिसकेको छ । गठबन्धनले सो मापदण्डका आधारमा स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्न तल्ला तहलाई निर्देशन गरेको छ भने केन्द्रबाट ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको सिट बाँडफाँड गर्ने तयारी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.