चीनद्वारा साङ्घाईका झण्डै ६८ लाख बासिन्दालाई अन्यत्र सारेर शहर नै निसंक्रमण गर्ने तयारी

कोरोना संक्रमण बढेसँगै लकडाउन गर्दै आएको सांघाई शहरका उत्तरी क्षेत्रका बासिन्दालाई अन्यन्त्र सारेर निसंक्रमण गरिने भएको छ ।

चीनले शून्य कोभिड नीति अनुरुप संक्रमण नियन्त्रण गर्न झण्डै ६८ लाख सर्वसाधारणलाई अन्यत्र सारेर शहर नै निसंक्रमण गर्न लागेको हो ।

सांघाईको पिङयाङ शहरका बासिन्दालाई झण्डै १ सय ६० किलोमिटर टाढा जिन्जियाङ शहरमा क्वारेन्टिन सुविधा दिएर स्थानान्तरण गर्न लागिएको जनाइएको छ । उनीहरुलाई विभिन्न ५० हजार स्थानमा राखिने भएको छ ।

बालबालिका, वृद्धवृद्धा र अपाङगता भएका मानिसलाई स्थान्तरण गर्न नपर्ने छुट दिइएको छ । झण्डै दुई सातामा निसंक्रमण गरिने जनाइएको छ ।

निसंक्रमण गर्दा संक्रमित रहेका पूरै घरहरुलाई निसंक्रमण गरिनुका साथै शहरी सडक, चोक, पार्क लगायत सर्वसाधारणको सम्पर्क हुने सबै स्थानलाई समेटिने छ । शून्य कोभिड नीतिका कारण चीनिया अधिकारीहरु संक्रमण नियन्त्रण गर्ने चर्को दवाबमा छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.