निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहनुस् : अध्यक्ष दाहाल

कैलाली- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।

प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले निर्वाचनलाई अभियानका रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरको जनताले राम्रोसँग सदुपयोग गर्र्नुपर्ने बताउनुभयो ।

कतिपय व्यक्तिले गठबन्धनले निर्वाचन सार्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ ।”

निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन उहाँले सबैलाई आग्रह गर्नुभयो । “अब केही दोधार छैन होला ? वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ”, अध्यक्ष दाहालले भन्नुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिश्चित गर्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउने आवश्यकता रहेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.