पर्बतकाे कुश्माबजारमा आगलागी
पर्बत-पर्बतकाे कुश्मा नगरपालिका स्थित कुश्माबजारकाे एक घरमा आगलागी भएकाे छ । लक्ष्मी श्रेष्ठकाे घरमा आगलागी हुँदा घर पुर्ण रूपमा जलेर नष्ट भएकाे छ ।
करिब एक घण्टापछि स्थानीय, प्रहरी र सशष्त्र पहरीको टोलीले आगलागीलाई नियन्त्रणमा लिएका छन ।
आगो नियन्त्रणका लागि कुश्मा नगरपालिका र छिमेकी बाग्लुङ जिल्लाकाे बाग्लुङ नगरपालिकाबाट बारूणयन्त्र मगाइएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जाेशीले जानकारी दिनुभयाे ।
आगलागी बिद्धुत सटका कारण भएको अनुमान गरिएपनि अझै कारण पत्ता लागि नसकेकाे जिल्ला प्रहरी कार्यालय पर्बतका प्रमुख डिएसपी शिबराज बुढाथाेकीले जानकारी दिनुभयाे । आगलागीबाछ मानबीय क्षति भने भएकाे छैन ।।
प्रतिक्रिया राख्नुहोस्